काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँका नाममा भइरहेको हल्लाका पछि नलाग्न जनतालाई आग्रह गरेका छन् ।
शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले सो कुरा बताएका हुन्।
रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले नयाँहरु कोही सहकारी ठग त कोही साहुमारा भएको आरोप लगाए ।
उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने,‘यस्ताको पछि लागेर हुँदैन । उनीहरुको असली अनुहार चैत १५ गते देखिइसकेको छ ।’
प्रधानमन्त्री ओलीले नयाँको हालत देखिएको र उनीहरुको पछाडि लाग्न नहुने बताए । देश अहिले अस्थिरताबाट हटेर स्थिरतातर्फ लम्किएको उनको भनाइ छ ।
Leave a Reply