Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • संविधान संशोधन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

    संविधान संशोधन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला

    अनलाइन नेपाल
  • शनिबार, ३० चैत्र २०८१
  • 66
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले संविधान पुनरवलोकनमा ढिलाइ गर्न नहुने बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन् । उनले संविधान संशोधन गर्न जति ढिलाइ हुन्छ त्यति नै सडक आक्रोशित हुने बताए।



    नेता कोइरालाले भने,’यो सरकारले खासगरी संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । यसमा अब ढिलाइ नगरौँ । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ।’

    उनले भ्रष्टाचार र दण्डहिनता बढेको पनि बताउँदै त्यसलाई नियन्त्रण गरेर अघि बढ्नुपर्ने बताए। नेता कोइरालाले सरकारको कामकारबाहीमा कांग्रेसले खबरदारी गर्नुपर्ने पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार