Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • उपत्यकाका नापी प्रमुखः दिउँसै मदिरा सेवन गर्नेदेखि नक्कली मोही बनाइ करोडौं घुस असुल्नेसम्म

    उपत्यकाका नापी प्रमुखः दिउँसै मदिरा सेवन गर्नेदेखि नक्कली मोही बनाइ करोडौं घुस असुल्नेसम्म

    अनलाइन नेपाल
  • शुक्रबार, २९ चैत्र २०८१
  • 1K
    SHARES

    काठमाडौं । भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुन पोखरेलले जाँदाजाँदै उपत्यकाका केही नापी प्रमुखहरूको सरुवा गर्न खोजेका छन् । उनी यही वैशाख २ गतेबाट अवकाश पाउँदैछन् । वैशाख १ गते सार्वजनिक बिदा छ । त्यो दिन उनी कार्यालय जान पाउँदैनन् । दुई गतेबाट उनले अवकाश पाउँदैछन् ।

    तर उपत्यकाका केही नापी प्रमुखहरूको भने तत्कालै सरुवा गर्नैपर्ने अवस्था रहेको मन्त्रालय स्रोतले बतायो । खासगरी कलंकी नापी प्रमुख केशव लेखक र चाबहिल नापी प्रमुख ज्ञानेन्द्र विष्ट विवादित बनेका छन् ।



    उनीहरुलाई कलंकी र चावहिलमा अझै राख्ने हो भने त्यहाँबाट सम्पादन हुने काम झनै विवादित र समस्या हुन सक्ने मन्त्रालयको बुझाइ छ ।

    चावहिल क्षेत्रभित्र पर्ने जग्गामा छुट जग्गादर्ताको नाममा नक्कली मोही खडा गरी करोडौं रुपैयाँ बरारबरको घुस खाने गरेको आरोप विष्टमाथि लागेको छ । आफ्नो जागिरे जीवनमा विष्टले सधै शक्ति प्रयोग गर्ने गरेका छन् ।

    उनी सधैं आकर्षक कार्यालयम बस्ने गरेका छन् । लामो समयसम्म उनी भक्तपुर नापी कार्यालयका प्रमुख भएका थिए । विभागमा थोरै समयमा सरुवा हुँदा उनलाई ठूलो छटपटी भएको थियो ।

    ‘उहाँलाई उपत्यका चाहिन्छ । त्यो पनि विभाग र मन्त्रालयमा होइन, उपत्यकाका नापी कार्यालयमै चाहिन्छ’ मन्त्रायका एक कर्मचारीले भने । विष्टले सुदूरपश्चिम क्षेत्रको नाता जोडेर सधै आकर्षक कार्यालयमा बस्ने गर्छन् । तर उनी जहाँ जहाँ बस्छन्, त्यहाँ विवादित हुने गरेका छन् । उनले राम्रो काम गरेको भन्ने कहीँ सुनिन्न ।

    त्यसैगरी कलंकी नापी प्रमुख केशव लेखकमाथि दिउसै मदिरा सेबन गरेर कार्यालयमा जाने गरेको आरोप छ । त्यस्तो हर्कतबाट कलंकी नापी कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको बेइज्जत हुने गरेको छ ।

    कलंकीमा उनी जति दिन बस्छन्, त्यति दिन कार्यालयको छवि विग्रदै जाने निश्चित छ । केशव गृहमन्त्री रमेश लेखकका नातेदार पर्ने बताइन्छ ।

    ‘गृहमन्त्रीज्यूको नातेदार भएका कारणले अहिलेसम्म उहाँ टिक्नुभएको हो । अब धरै दिन राख्न सक्ने अवस्था छैन । कार्यालयकै बेइज्जत भइसक्यो । तुरुन्त सरुवा नगर्ने हो भने अर्को समस्या आउन सक्छ’ मन्त्रालयका एक कर्मचारीले भने,’उहाँमा कार्यालय प्रमुखमा हुनुपर्ने न्यूनतम अनुशासनसमेत छैन ।

    उपत्यकाका कुनै एक नापी कार्यलयबाट कार्यालय प्रमुखलाई सरुवा गराई खाली ठाउँमा जान नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमार साह तेली लागिपरेका छन् । उनी केही दिनदेखि काठमाडौंमा बसिरहेका छन् ।

    उनले दिनहुँजसो मन्त्रालयमा आउने र उच्चतहका कर्मचारीसँग भेट्ने गरेका छन् । मन्त्रालयमा भेटेर कुरा मिलेपछि उनले आफ्नो आफ्नो काज भक्तपुरमा भएको भनी बुधबार जनकपुरमा भोजभतेर समेत गरिसकेका छन् ।

    उमेशकुमारलाई पनि विष्टलाई जस्तै सधैं उपत्यकाकै नापी कार्यालय चाहिन्छ । त्यो पनि ललितपुर, भक्तपुर जस्ता आकर्षक कार्यालय चाहिन्छ ।

    उनी एक बर्षअघिसम्म ललितपुर नापी कार्यालयमा कार्यरत थिए । उनले नापी कार्यालयमा नांगो ढंगले घुस संकलन गर्न थालेपछि अख्तियारले उनी मातहतका ३ भन्दा बढी कर्मचारीलाई लाखौं घुस लिंदालिंदै नियन्त्रणमा लिएको थियो । उनले ललितपुरका जग्गा कारोबारीहरुसँग घुसमा घडेरी नदिएसम्म कामै नगरी झुलाउने र दुःख दिएर हैरान पार्ने काम गरेका थिए ।

    अख्तियारले पटक पटक घुस लिंदालिंदै कर्मचारी पक्राउ गरेपछि भूमिब्यवस्था मन्त्रालयले उनलाई सरुवा गर्न बाध्य भएको थियो । तत्कालीन भूमिब्यवस्था सचिव गोकर्णमणि दवाडीले उनलाई धनुषा नापी कार्यालयमा सरुवा गरेपछि उनले निजामती सेवा ऐन बिपरीत सरकारका बिरुद्ध मुद्दाा हालेर केही समय ललितपुर मालपोतमा अन्तरिम आदेशका भरमा काम गरेका थिए ।

    ललितपुरमा सरुवा भएका रमेशकुमार ज्ञवालीलाई हाजिर हुन नदिने कार्यमा उनले साम दाम सबै प्रयोग गरेका थिए । तर अदालतले उनका कर्तुत सबै थाहा पाएपछि अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि बाध्य भएर उनी रमाना बुझेर धनुषामा गएका थिए । तिनै अनुशासनहीन र सरकारका बिरुद्ध मुद्दा हाल्ने प्रमुख नापी अधिकृत उमेशकुमारलाई पुनः भक्तपुर ल्याउने खेल भइरहेको छ ।

    काठमाडौमा आउन अर्का विवादित प्रमुख नापी अधिकृत शत्रुधन सिंह यादव पनि लागेका छन् । अहिले उनी दमक नापी कार्यालयका प्रमुख छन् । राम्रो जग्गा कारोबार हुने दमकमा समेत उनी बस्न चाहेका छैनन् ।

    उनलाई लाखौं दैनिक लाख घुस खानका लागि ललितपुर, भक्तपुर, चावहिल र कलंकी नै चाहिएको छ । मन्त्रालयले उनलाई धनुषामा सरुवा गर्यो । तर उनी सरुवा गरेको ठाउँमा गएनन् । पछि बाध्य भएर दमक पुगेका थिए । उनले पनि काठमाडौमा आउन शक्तिकेन्द्रमा सेटिङ गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार