Online Nepal
  • बुधबार, १७ बैशाख २०८२
  • महाराज हिजो होइबक्सिन्थ्यो, तर अब छैनन् : गगन थापा

    महाराज हिजो होइबक्सिन्थ्यो, तर अब छैनन् : गगन थापा

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 297
    SHARES

    गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालसँग राजतन्त्र भनेर भुलिने समय नभएको बताएका छन् ।

    मङ्गलबार कांग्रेस गुल्मीको जिल्ला तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले इतिहासमा समाप्त भइसकेको विषयमा अनावश्यक बहस गर्नुको साटो अब प्रगतिशील सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

    ‘अब प्रगतिशील चिन्तन गर्ने बेला हो। इतिहासमा थन्काइसकेको, अब भयो, पुग्यो भनेको फालिएको विषयमा अनावश्यक बहस चाहिँदैन । अब हामीसँग अलमलिने समय छैन। हिजो महराज होइबक्सिन्थ्यो, तर अब छैनन्,’ उनले भने ।

    साथै उनले कांग्रेसको अधिवेशन समयमै हुने दाबी गरे । कसैले पार्टीको अधिवेशन समयमै हुन्न भनेर हल्ला गरेमा त्यसको पछि नलाग्न महामन्त्री थापाको आग्रह छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार