काठमाडौं । भैरहवा कारागारमा रहेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
मंगलबार जोशीको स्वास्थ्यमा समस्या देखिएपछि युनिभर्सल कलेज अफ मेडिकल साइन्स, (यूसीएमएस) भैरहवामा भर्ना गरिएको हो ।
पूर्वडीआईजी जोशी पहिल्यैदेखि बिरामी थिए । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको कारागार प्रशासनले जनाएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपेन्देही जिल्ला अदालतले जोशीलाई माघ २८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
Leave a Reply