Online Nepal
  • शुक्रबार, १२ बैशाख २०८२
  • तीनकुने घटना : शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ पक्राउ

    तीनकुने घटना : शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 363
    SHARES

    काठमाडौं । शाही युवा शक्ति नेपालमा आबद्ध एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।



    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको थियो। उनी शाही युवा शक्तिका दोस्रो वरीयताका व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

    शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन् । श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार