Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • बालेन भन्छन् – तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ

    बालेन भन्छन् – तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ

    अनलाइन नेपाल
  • मंगलबार, २६ चैत्र २०८१
  • 219
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

    तीनकुने घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको कीर्तिपुरस्थित घरमा पुगेर परिवारका सदस्यहरूसँग मेयर बालेनले सो कुरा बताएका थिए ।



    चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका बीच प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

    मेयर बालेनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। मंगलबार मेयर शाह महर्जनको घरमा पुगेका थिए। व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नहुने मेयर बालेनले बताए ।

    राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो।

    प्रहरी सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले व्यक्तिगत घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार