Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

२७ सयभन्दा तल झर्यो सेयर बजार

२७ सयभन्दा तल झर्यो सेयर बजार

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चिएको छ ।

२७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७०.०६ मा कायम भएको छ ।

कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । सबै सेक्टरका सूचक घटेका छन् ।

व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशतले घटेको छ भने बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटेको छ ।

बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढेको छ । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढेको छ ।

अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशतले घटेको छ ।

हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077