Online Nepal
  • आइतबार, ३१ चैत्र २०८१
  • २७ सयभन्दा तल झर्यो सेयर बजार

    २७ सयभन्दा तल झर्यो सेयर बजार

    अनलाइन नेपाल
  • सोमबार, २५ चैत्र २०८१
  • 138
    SHARES

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चिएको छ ।

    २७०३ अंकबाट खुलेको बजार बन्द हुँदा ३३.३३ अंक घटेर २६७०.०६ मा कायम भएको छ ।



    कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घटेको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । सबै सेक्टरका सूचक घटेका छन् ।

    व्यापार सबैभन्दा धेरै ३.१ प्रतिशतले घटेको छ भने बैंकिङ ०.९७, विकास बैंक १.११, होटल तथा पर्यटन १.३५, फाइनान्स २.२६, हाइड्रोपावर १.३७, लगानी १.६९, जीवन बीमा ०.८३, उत्पादन १.४२, माइक्रोफाइनान्स १.०३, निर्जीवन बीमा १.२२ र अन्य ०.४४ प्रतिशत घटेको छ ।

    बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढेको छ । त्यस्तै बुटवल पावरको ६.६३, सिन्धु विकास बैंककोे ६.४४ तथा उन्नति सहकार्य लघुवित्तको ६.११ प्रतिशत बढेको छ ।

    अपरहेवाखोलाको मूल्य सबैभन्दा धेरे ९ प्रतिशतले घटेको छ भने हिमालयन पावर पार्टनरको ४.३२, समृद्धि फाइनान्सको ४.०१, प्रतिशतले घटेको छ ।

    हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, राधि विद्युत् र हिमालयन पावर पार्टर कारोबारका आधारमा क्रमशः शीर्ष पाँच कम्पनीभित्र परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार