Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

तरलता धेरै भएपछि आज बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

तरलता धेरै भएपछि आज बजारबाट ३५ अर्ब झिक्दै राष्ट्र बैंक

सोमवार , चैत्र २४, २०८१

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि राष्ट्र बैंकले फेरि ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।

बजारमा आवश्यकभन्दा धेरै पैसा (तरलता) भएको भन्दै त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आज सो रकम झिक्न लागेको हो ।

करिब डेढ वर्षयता राष्ट्र बैंकले नियमित रुपमा सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरणमार्फत् बजारबाट पैसा झिक्दै आएको छ ।

तर आइतबार सार्वजनिक बिदा भएकाले हिजोको सट्टाआज पनि पैसा निकाल्न लागेको हो ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २३ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077