Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिका–चीन व्यापार युद्ध झन् चर्कियो, दुबै देशले लगाए थप ३४ प्रतिशत भन्सार कर

अमेरिका–चीन व्यापार युद्ध झन् चर्कियो, दुबै देशले लगाए थप ३४ प्रतिशत भन्सार कर

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । अमेरिकाले चिनियाँ उत्पादनमा ३४ प्रतिशत कर लगाउने घोषणा गरेको दुई दिन वित्न नपाउँदै चीन सरकाले त्यसको कडा जवाफ दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार सबै देशलाई ‘रेसिप्रोकल’ (जवाबी) भन्सार लगाउने घोषणा गरेका थिए । ट्रम्पले चिनियाँ वस्तुमा थप ३४ प्रतिशत कर लगाउने घोषणागरेको दुई दिन बित्न नपाउँदै चीनले पनि आज अमेरिकी उत्पादनमा हाल कायम रहेको भन्सार दरमाथि थप ३४ प्रतिशत भन्सार लगाउने निर्णय गरेको हो ।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अमेरिकाको कदमले वर्षौंदेखिको बहुपक्षीय व्यापार वार्ताहरूपछि धेरै मेहनतले हासिल गरेको सन्तुलनलाई खतरामा पारेको भन्दै आफूले पनि कर बढाएको जनाएको छ ।

ट्रम्पको कदमलाई ‘एकपक्षीय दादागिरी’को नमूना भन्दै मन्त्रालयले अमेरिकालाई तुरून्तै भन्सार हटाएर निष्पक्ष र समानतामा आधारित संवादबाट व्यापार साझेदारहरूसँग रहेको विवाद समाधान गर्न आग्रह गरेको छ ।

ट्रम्पले एक महिनाअघि चीनको उत्पादनमा १० प्रतिशत थप भन्सार महसुल लगाएपछि चीनले अमेरिकासँग भन्सार युद्ध, व्यापार युद्ध वा कुनै अन्य युद्ध अन्त्यसम्म लड्ने प्रतिबद्धता जनाएको थियो।

परराष्ट्र मन्त्रालयले त्यति बेला एक पत्रकार सम्मेलन आयोजना गर्दै चीन कहिल्यै पनि दादागिरी वा जबर्जस्तीसामु झुकेको छैन भनेको थियो। मन्त्रालयले चीनमाथि चरम दबाब दिन खोज्नु गलत आकलन र भूल भएको पनि बतायो।

ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागूपदार्थको पैठारी गर्ने गिरोहलाई चीनले बेचेको आरोप लगाएर एक महिनाअघि थप १० प्रतिशत भन्सार लगाएका थिए।

तर फेन्टनिल बनाउन चाहिने कच्चा रसायनको निर्यात रोक्न चीनले यसबीचमा केही नगरेको भन्दै एक महिनापछि १० प्रतिशत थप भन्सार महसुल लगाउने भएका हुन्।

यता चीनको राज्य परिषद्ले भने ‘फेन्टनिल सम्बन्धित पदार्थ नियन्त्रण–चीनको योगदान’ शिर्षकको श्वेतपत्र जारी गर्दै चीनले अन्तर्राष्ट्रिय लागूऔषध नियन्त्रणको आफ्नो दायित्व कडाइका साथ पूरा गर्छ भनेर दाबी गरेको छ।

ट्रम्पले चीनबाट आउने वस्तुमा यस अघि दुई पटकको जोडेर २० प्रतिशत भन्सार बढाएका थियो। बुधबार घोषणा गरेको ३४ प्रतिशत पनि जोड्दा दोस्रो कार्यकाल शुरू भएको तीन महिना पनि नपुगी उनले चिनियाँ उत्पादनमा ५४ प्रतिशत भन्सार बढाएका छन्।

यता चीनले भने पहिले लगाएको १० प्रतिशत कर र आज ३४ प्रतिशत कर थापरे ४४ प्रतिशत कर लगाउने निर्णय गरेको छ । चीनको आजको निर्णयले विश्वका सबभन्दा दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार युद्ध झन् चर्किने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077