Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास लाग्दैन : शेखर कोइराला

    इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास लाग्दैन : शेखर कोइराला

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 135
    SHARES

    विराटनगर। नेपाली कांग्रेस नेता शेखर कोइरालाले इतिहास बनिसकेको राजतन्त्र नर्फकिने बताएका छन् ।

    सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।



    नेता कोइरालाले कोशिश भए पनि इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास नरहेको बताए ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेको भन्दै अहिले आत्तिहाल्नुपर्ने अवस्था नभएको उनले बताए ।

    नेता कोइरालालेभने,‘हामीले के गर्‍यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो । केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं ।जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो।’

    जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको बताए ।

    राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार