Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

    सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल भएको छैन : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 150
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नभएको बताएका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।



    अध्यक्ष प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं। देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो।’

    कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए।

    सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार