काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका छन्।
स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली र सभापति देउवासँग अनौपचारिक संवाद गरेका हुन् ।
संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेको बताईएको छ ।
अध्यक्ष प्रचण्डले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्ने उनले बताएका थिए ।
उक्त संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको बताएका थिए ।
Leave a Reply