Online Nepal
  • सोमबार, ४ चैत्र २०८१
  • राप्रपा सांसद राणा भन्छन् – गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ

    राप्रपा सांसद राणा भन्छन् – गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ

    अनलाइन नेपाल
  • सोमबार, ४ चैत्र २०८१
  • 96
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले गणतन्त्र असफल भइसकेको बताएका छन् ।

    प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले उक्त कुरा बताएका हुन् ।



    उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताए।

    सांसद राणाले भने, ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य चाहेका छन् । त्यसैतर्फ जाउँ । असफल भएको गणतन्त्र हटाउँ ।’

    सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार