काठमाडौं । नेपाल प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी) आजबाट अनिवार्य अवकाशका कारण घर जाने भएका छन् ।
उनीहरु प्रहरीको विधमान ३० वर्षे सेवा अवधिका कारण अवकाश हुन लागेका हुन् ।
अवकाशमा जाने एआईजीहरुमा प्रशासन विभाग प्रमुख टेकप्रसाद राई, कार्य विभाग प्रमुख बुद्धिराज गुरुङ, मानवस्रोत विभाग प्रमुख दुर्गा सिंह, अपराध अनुसन्धान विभाग प्रमुख कुबेर कडायत र प्रदेश समन्वय विभाग प्रमुख जनकराज भट्टराई रहेका छन् ।
उनीहरुरु आज राति १२ बजेदेखि अवकाश हुनेछन् । आईजीपी वसन्तबहादुर कुँवरसँगै उनीहरु पनि आजबाट घर जानेछन् । यी अधिकारीहरु २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
यस्तै उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि आज राति १२ बजेबाट अवकाश हुन लागेका छन् ।
Leave a Reply