Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • सरकार भ्रष्टाचार नियन्त्रणका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

    सरकार भ्रष्टाचार नियन्त्रणका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • आइतबार, ३ चैत्र २०८१
  • 108
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठीक बनाउन नसकेसम्म योजनाबद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताएका छन् ।

    नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।



    उनले योजनाहित सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको दाबी गरे । सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको उनको दाबी छ।

    उनले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताए।

    प्रधानमन्त्री ओलीले लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार