Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता

माछा मार्न गएका २५ वर्षीय युवक नदीमा बेपत्ता

आइतवार , फाल्गुण ४, २०८१

कालीकोट । कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन् ।

तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ ।

बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077