काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीरमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ। बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको हो।
मुग्लिन नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।
दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ।
उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना रहेको खुल्न आएको छ। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।