Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

उर्जामन्त्री खड्काले भने - भारत भ्रमण उपलब्धिमुलक भयो

उर्जामन्त्री खड्काले भने - भारत भ्रमण उपलब्धिमुलक भयो

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन्।

‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिएर स्वदेश फर्किएका उर्जामन्त्री खड्काले सो कुरा बताएका हुन्।

उनले आफ्नो भ्रमणका क्रममा द्विपक्षीय हितका थुप्रै परियोजनाहरूबारे छलफल भएको बताए । उर्जामन्त्री खड्काले नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी चाँडै पाउने बताए।

टनकपुर बाँधमा चाँडै पानी छोड्ने विषयमा सहमति भएको भन्दै अब उक्त बाँधबाट सुविधा लिने समय आएको बताए।

उर्जामन्त्री खड्काले सिंचाईतर्फ पञ्चेश्वर परियोजनालाई अगाडि बढाउनेबारेमा अन्तिम टुंगो लगाउन छलफल भएको बताए।

उनले कोशीको विषयमा पनि केही छलफल भएको बताए । सिंचाईतर्फ हाम्रा ठूला आयोजनाहरु पञ्चेश्वरलाई अगाडि बढाउने गरी छलफल भयो र एक हिसावको सहमति अगाडि बढेको छ ।

अब चाँडै प्रधानमन्त्रीहरुको बैठकमा अन्तिम टुंगो लाग्ने हिसावले हाम्रो छलफल भएको उर्जामन्त्री खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077