Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कार्य सम्पादनमा मंगलसेन अछाममै 'उत्कृष्ट', दोस्रो चौरपाटी !

कार्य सम्पादनमा मंगलसेन अछाममै 'उत्कृष्ट', दोस्रो चौरपाटी !

बिहिवार , फाल्गुण १, २०८१

अछाम । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा चौरपाटी गाउँपालिका जिल्लाकै दोस्रो भएको छ । अछाम जिल्लाभर १० वटा स्थानीय तह रहेका छन् ।

जसमा चौरपाटी गाउँपालिका ५९.६ अंकसहित दोस्रो बनेको हो । जिल्लाकै पहिलो भने मंगलसेन नगरपालिका बनेको छ । मंगलसेनले ६६.१ अंक प्राप्त गरेको छ । यस्तै पञ्चदेवल नगरपालिका ५८.३ अंकसहित तेस्रो, ५३.४ अंक ल्याएर साँफेबगर नगरपालिका चौथो बनेको छ ।

यस्तै ५२.२ अंक ल्याउँदै मेल्लेख गाउँपालिका पाँचौ, ५०.६ अंकसहित कमलबजार नगरपालिका छैटौँ, ५०.२ अंकसहित तुर्माखाँद गाउँपालिका सातौँ स्थानमा छन् ।

यसैगरी ५० अंकका साथ बान्नीगढी जयगढ गाउँपालिका आठौँ, ४९.९ अंकसहित रामारोशन गाउँपालिका नौँ र ४७.७ अंक ल्याउँदै ढकारी गाउँपालिका दशौँ स्थानमा रहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा चौरपाटी गाउँपालिका जिल्लाकै दोस्रो भएको छ । आयोगले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्य सम्पादनको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थाी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077