Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सकियो

बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत सकियो

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौं । बबरमहलमा बुधबार दिउँसो फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ ।

करिब २० घण्टामा पाइप मर्मतको काम सकिएको हो । अहिले पाइपमा पानी परीक्षणको काम भइरहेको छ ।

पानी परीक्षणको कार्य सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो। प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077