Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

आजको मौसम : यी तीन प्रदेशका पहाडी भू-भागमा आंशिक बदली

बिहिवार , फाल्गुण १, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका मध्य र पूर्वी तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।

यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077