Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सर्वोच्चको फैसलाविपरीत रामारोशन गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

सर्वोच्चको फैसलाविपरीत रामारोशन गाउँपालिकाले दियो ‘जनयुद्ध दिवस’मा बिदा

बुधवार , माघ ३०, २०८१

अछाम । रामारोशन गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले यहि फागुन १ गतेका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिकाभर स्थानीय बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले सार्वजनिक बिदा बाारे एक सुचना जारी गर्दै यही माघ २७ गतेको कार्यपालिका वैठक मार्फत जनयुद्ध दिवसमा बिदा दिने निर्णय भएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक खनालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ – “तत्कालिन केन्द्रिकृत निरड्डुस राज्य सत्ताको अन्त्य गरी नेपाली जनतालाई वास्तविक रुपमा अधिकार सम्पन्न र सार्वभौम वनाउने उद्घोष सहित तत्कालिन नेकपा माओवादीद्वारा जनयुद्ध सुरु गरिएको दिन फाल्गुन १ गते को अवसरमा रामारोशन गाउँपालिका वडा नम्वर ३ को मुजावगरमा सहिद परिवार सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने र उक्त दिन रामारोशन गाउँपालिका भरि १ दिन सार्वजनिक विदा दिने निर्णय भई आएकाले २०८१ फाल्गुन १ गते रामारोशन गाउँपालिकाभरि स्थानीय विदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी यो सूचना प्रकाशित गरिएको छ ।”

सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारको निर्णय गत वर्षको पुस १३ गते नै बदर गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077