Online Nepal
  • आइतबार, ३ चैत्र २०८१
  • चौरपाटी गाउँपालिकामा शत प्रतिशत किशोरीले लगाए ‘एचपिभी’ खोप

    चौरपाटी गाउँपालिकामा शत प्रतिशत किशोरीले लगाए ‘एचपिभी’ खोप

    अनलाइन नेपाल
  • शुक्रबार, २५ माघ २०८१
  • 477
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकामा सत प्रतिशत किशोरीहरुलाई निःशुल्क एचपिभी खोप लगाइएको छ ।

    मंगलबार सुरु भएको खोप अभियानमा चौरपाटी गाउँपालिकाका सात वटै वडाका एक हजार १५६ किशोरीहरुलाई एचपिभी खोप लगाइएको हो ।



    गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार विद्यालय नजाने २८ र विद्यालय जाने ११२८ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाइएको छ ।

    यही माघ २२ देखि २४ गतेसम्म सात वटै वडाका कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभी खोप लगाइएको स्वास्थ्य शाखाका प्रमुख खेम बोगटीले जानकारी दिए ।

    स्वास्थ्यकर्मीहरु परिचालन गरेर विभिन्न विद्यालयमा पुगेरै किशोरीहरुलाई एचपिभी खोप लगाइएको थियो ।

    सरकारले कक्षा ६ देखि १० सम्मका किशोरीहरु तथा विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने विरुद्धको एचपिभी खोप लगाउन देशैभर अभियान सञ्चालन गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार