कैलाली । सारथि अस्पतालका सञ्चालक एवं समाजसेवी मोहन सिंहलाई ‘राष्ट्रिय सेवा सम्मान २०८१’ द्वारा सम्मान गरिएको छ ।
फोकस नेपाल संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपालका पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिंहलाई खादा र कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
स्वास्थ्य सेवा र समाजसेवामा पु¥याएको महत्वपूर्ण योगदानका लागि सिंहलाई यो सम्मान दिइएको हो । धनगढीस्थित सारथि अस्पतालले आम नागरिकलाई सहज सेवा प्रदान गर्दै आएको छ ।
सिंह धनगढीमा मुख्यालय रहेको हिमशिखर सहकारीको अत्तरिया शाखाका कर्मचारी समेत हुन् ।
Leave a Reply