Online Nepal
  • बुधबार, ७ फाल्गुन २०८१
  • दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

    दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने थप एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ७ माघ २०८१
  • 330
    SHARES

    काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छन् ।



    उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

    योसँगै त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

    पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार