Online Nepal
  • बुधबार, ७ फाल्गुन २०८१
  • वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

    वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ६ माघ २०८१
  • 495
    SHARES

    काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको सूर्यदर्शन हाइट बस्ने ३२ वर्षका महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।



    माघ २ गते रवि लामिछानेको सहकारी ठगी मुद्दामा जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेर अदालतबाट बाहिरिएका त्रिपाठीमाथि अदालतको गेटनजिकै कुटपिट भएको थियो।

    टोखाबाट पक्राउ परेका उनीविरुद्ध प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको बताइएको छ । घटनालगत्तै दोलखाका ललितकुमार केसी पक्राउ परेका थिए।

    घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भइरहेको पनि काठमाडौँ जिल्ला प्रहरी परिसरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार