अहिले जताततै नाइजेरिया , ब्राजिल, बङ्लादेश भारतलगायत नेपालमा अनअपेक्षित बिकराल डरलाग्दो घटना भइरहेका छन । यसको मतलब भूकम्प,वर्षा, हुरी, बाढी, अत्यधिक चिसो सहन नसक्ने भन्दा बढी छ समग्र: प्रकोप।
सगरमाथामा (हिउँ र बरफ द्रुत गतिमा पग्लिँदै छ र हिमाल कालो हुँदैछ, हिमनदीहरू पग्लिँदै छन् र तालहरू सुक्दैछन्)
यसबाहेक अफगानिस्तान , बंगलादेश,असम हिमाचलमा आएको भीषण बाढी, बाली नपरेपछि तरकारीको मूल्यमा आएको बृद्धि, उत्तर भारतमा चर्को गर्मी छ र अहिले लद्दाखका हिमालहरु लोप हुने अवस्थामा छ्न।
जलवायु परिवर्तनको विज्ञान बुझ्नुहोस्: पृथ्वीमा मानवताले जे खान्छ त्यसले वातावरणमा कार्बन उत्सर्जन गर्छ।जसले गर्दा पृथ्वीको तापक्रम बढ्छ,जसको परिणाम चरम मौसमी घटनाहरू हुन्। सन् २०२४ सम्ममा पृथ्वीको औसत तापक्रम इतिहासकै १.५ डिग्रीले बढेको छ।
वैज्ञानिकहरू भन्छन् कि यदि हामी यो प्रकोप टार्न चाहन्छौं भने, हामीले 1.5 डिग्रीमा तापक्रम वृद्धि रोक्नु पर्छ। र गर्न हामीसँग मात्र २ वर्षकाे समय छ !
तथ्याङ्कले यो पनि देखाएको छ कि यदि मानवताले आफ्नो बानी परिवर्तन नगरे र उपभोगको दर घटाउन सकेन भने आगामी २५ वर्षमा तापक्रम वृद्धि २.५ देखि ३ डिग्रीसम्म पुग्न सक्छ । १.१६ डिग्रीको बृद्धिले निम्त्याएको विनाश हाम्रो सामु छ, २.५ देखि ३ डिग्रीको वृद्धिले के हुन्छ हामी कल्पना पनि गर्न सक्दैनौं
समग्रमा, ठूलो विनाशको समीकरण यस्तो छ:
उपभोक्तावाद = अधिक कार्बन उत्सर्जन = पृथ्वीको औसत तापक्रममा बृद्धि = यस्तो विनाश हामीले पहिले कहिल्यै भएन।
जलवायु परिवर्तनलाई रोक्न भएका सन् 1995 बाट भएका राजनीतिक conference,सम्झौता, नीति, संवाद अहिलेसम्म सब ब्यर्थ गएको छ।
यदि आउने आफ्नो छोराछोरी, नातिनातिहरुलाई बचाउनु छ भने UN को latest Report अनुसार अब पृथ्वी बचाउन अर्थात पृथ्वीको तापक्रम १.५° मै यथावत राख्न हामी संग मात्र २ बर्ष छ यदि २ बर्ष भित्र नियन्त्रण गरिएन भने १.५° मै सीमित गरिएन भने तापक्रम रोक्न सकिने छैन र आउने १० देखी ६० बर्षमा पृथ्वीको छैठो महाविनास ( 6th mass extinction) हुँदैछ।
हालैका प्रतिवेदनहरूले देखाएका छन् कि नियन्त्रणबाहिरको मीथेन उत्सर्जनले IPCC का सबैभन्दा निराशावादी हरितगृह ग्यास परिदृश्यहरूको अनुसरण गरिरहेको छ, जसले आगामी दशक वा दुईमा वैश्विक तापक्रममा १.९-२.१°C को आपतकालीन वृद्धि गराउन सक्छ।
विश्वव्यापी मीथेन उत्सर्जनको दुई तिहाइ भाग मानव क्रियाकलापहरूबाट उत्पन्न हुन्छ। पछिल्ला दुई दशकमा, मानव-निर्मित मीथेन उत्सर्जनमा २० प्रतिशतले वृद्धि भएको छ। ग्लोबल मीथेन बजेट २०२४ को प्रतिवेदन अनुसार, मानव क्रियाकलापहरूले अब विश्वव्यापी मीथेन उत्सर्जनको कम्तीमा दुई तिहाइ हिस्सा ओगटेका छन्। २०२३ मा, वायुमण्डलीय मीथेनको सांद्रता १,९२३ पार्ट्स प्रति बिलियनमा पुगेको छ, जुन पूर्व-औद्योगिक समयको तुलनामा २.६ गुणा बढी हो र कम्तीमा ८,००,००० वर्षमा सबैभन्दा उच्च स्तर हो।
मीथेन एक अत्यन्त प्रभावशाली हरितगृह ग्यास हो, जसले वातावरणमा छिटो प्रतिक्रिया जनाउँछ, र यसलाई प्रत्यक्ष रूपमा हटाउने कुनै प्रविधि उपलब्ध छैन। मानव-निर्मित मीथेन उत्सर्जनका प्रमुख स्रोतहरू चीन (१६ प्रतिशत), भारत (९ प्रतिशत), अमेरिका (७ प्रतिशत), ब्राजिल (६ प्रतिशत) र रूस (५ प्रतिशत) हुन्। कृषि, जीवित पशुहरूको पालनपोषण, जीवाश्म इन्धनको प्रयोग र फोहोर व्यवस्थापनले यस उत्सर्जनमा ठूलो योगदान पुर्याउँछन्।
IPCC को प्रतिवेदनले चेतावनी दिएको छ कि यस प्रकारको वृद्धिले शताब्दीको अन्त्यसम्ममा वैश्विक तापक्रम ३ डिग्री सेल्सियसभन्दा बढी बढ्न सक्छ। यसले जलवायु परिवर्तनका गम्भीर प्रभावहरू निम्त्याउन सक्छ, जसमा समुद्री सतहको वृद्धि, चरम मौसम घटनाहरूको वृद्धि, र जैविक विविधताको ह्रास समावेश छन्।
वर्तमानमा, वायुमण्डलमा कार्बन डाइअक्साइड (CO₂) को सांद्रता लगभग 425 भाग प्रति मिलियन (ppm) पुगेको छ, जुन प्रि-औद्योगिक स्तरभन्दा उल्लेखनीय रूपमा बढी हो।
अन्य ग्रीनहाउस ग्यासहरूको प्रभावलाई समेत गणना गर्दा, CO₂-समकक्ष स्तर लगभग 560 ppm पुगेको छ, जसले थप तापीय प्रभाव पारिरहेको छ।
यसको परिणामस्वरूप, पृथ्वीको औसत तापक्रममा 1.2-1.3°C वृद्धि भइसकेको छ, जसले निम्न प्रभावहरू निम्त्याएको छ:
अंटार्कटिकामा बरफको ह्रास: अंटार्कटिकाको बरफ तीव्र रूपमा पग्लिरहेको छ, जसले समुद्री सतहको स्तर बढाइरहेको छ।
ग्रेट बैरियर रीफको विनाश: अष्ट्रेलियाको ग्रेट बैरियर रीफमा व्यापक क्षति पुगेको छ, जसले समुद्री पारिस्थितिकी तन्त्रमा गम्भीर असर पारेको छ।
अमेजन वर्षा वनको पतन: ‘पृथ्वीका फोक्सो’ भनेर चिनिने अमेजन वर्षा वनमा ठूलो क्षति पुगेको छ र यसको विघटन जारी छ।
यदि तापक्रम वृद्धि 1.4-1.5°C सम्म पुग्यो भने, थप गम्भीर प्रभावहरू देखिन सक्छन्:
कोरलहरूको विनाश: समुद्री तापक्रममा वृद्धिले कोरल रीफहरू पूर्ण रूपमा नष्ट हुन सक्छन्।
ग्लेशियरहरूको ५०% जोखिममा: ग्लेशियरहरूको आधाभन्दा बढी भाग जोखिममा पर्नेछ, जसले भविष्यमा समुद्री सतहको स्तर बढाउनेछ।
पर्माफ्रस्टको अचानक पग्लन: पर्माफ्रस्टमा रहेको ताजा पानीको विशाल भण्डार तीव्र रूपमा पग्लिरहेको छ, जसले ग्रीनहाउस ग्यासहरूको उत्सर्जन बढाउँछ।
समुद्री बरफको कमी: आर्कटिक र अंटार्कटिकामा समुद्री बरफको मात्रा घटिरहेको छ।
समुद्री सतहको स्तरमा बहु-मीटर वृद्धि: समुद्री सतहको स्तरमा धेरै मीटरको वृद्धि हुने सम्भावना छ, जसले तटीय क्षेत्रहरूमा बाढीको स्थिति गम्भीर बनाउनेछ।
बोरियल वनको परिवर्तन: बोरियल वनको पारिस्थितिकी प्रणाली परिवर्तन हुँदैछ।
बाली उत्पादनमा ३-७% कमी: बालीहरूको उत्पादनमा ३-७% गिरावट आउन सक्छ, जसले खाद्य सुरक्षामा संकट निम्त्याउन सक्छ।
वैज्ञानिकहरूको अनुमान अनुसार, २०२५-२०२९ सम्ममा तापक्रम वृद्धि 1.5°C सम्म पुग्न सक्छ, जसले माथि उल्लिखित प्रभावहरूलाई अझ तीव्र बनाउन सक्छ।
जलवायु परिवर्तन मानव लोभ र उपभोगप्रतिको लालसाको परिणाम हो।
आज यदि तपाईं हिमनदीहरू पग्लिएको, प्रवाल-शृङ्खलाहरू नष्ट भएको, हवा गुणस्तर सूचक (AQI) बढेको देख्नुहुन्छ, यसको कारण सरल तर गहिरो छ:
हामीसँग आत्म-ज्ञान छैन। र जबसम्म हामी आफू बाँचिरहेको ब्रह्माण्डलाई बुझ्दैनौं, सही सम्बन्ध स्थापित गर्न सक्दैनौं, हामी निरन्तर उपभोग र विनाश गरिरहन्छौं। नतिजा स्पष्ट छ – हामीले सबै कुरा नष्ट गर्यौं।
आत्मज्ञानको अभावको नतिजाले अहिले अहिले जलवायु संकटका साथै पृथ्वीमा भएका प्रमुख समस्याहरु जस्तै जातिवाद, छुवाछूत, रूढ़िवाद, अन्धविश्वास, पछौटेपन, बाबागिरी, बजारवाद, भोगवाद, मौजवाद, र खुशीवादले हाम्रो समाजलाई विकृत बनाएको छ।
यो अवस्थामा शिक्षा, चेतना, र सही दृष्टिकोणको कमीले हामीलाई अझै पछि धकेलिरहेको छ। पाखण्ड, जुगाडवाद, र सस्तो मनोरञ्जनले हाम्रो मानसिकता र संस्कृति दुवैलाई कमजोर बनाएको छ।
बलिउडको फोहोर मनोरञ्जन, फोहोर युट्युब गुरुहरू, धर्मको नाममा पारम्परिक कट्टरता, तान्त्रिकता, कल्पना र भावनामा आधारित मान्यता,
र दैनिक जीवनमा कामप्रतिको आलस्य, मक्कारी, र औसत मानसिकताले नै मानव सभ्यतालाई प्रलयको दिशातिर धकेलिरहेको छ।
जबसम्म हाम्रो शिक्षा प्रणाली आत्म-ज्ञान र जीवनको वास्तविक ज्ञानलाई समर्पित हुँदैन, मानवजातिको, हाम्रो प्रजातिको, र यो ग्रहको भविष्य सुरक्षित हुन सक्दैन।
जलवायु परिवर्तन हाम्रो पृथ्वीमा
जनसंख्या र प्रत्येक व्यक्तिप्रति व्यक्ति उपभोगको प्रत्यक्ष परिणाम हो। यो जलवायु संकट भनेको हराएको अध्यात्म र धार्मिकतामा आएको पतन हो। त्यसैले, यदि पृथ्वीलाई बचाउने हो भने अन्तिम र कार्गर त्यसको उद्धार आत्मज्ञान र सही दर्शनको पुनरुत्थानमा छ।
मनुष्यको जब आन्तरिक जलवायु सुधार
आत्म-ज्ञान र बोध मार्फत हुन्छ तब बाहिरको जलवायु संकट आटोमेटिक ठिक हुन्छ। जब मानिसले आफ्नो आन्तरिक अवस्थालाई अवलोकन गर्न थाल्छ, त्यो निर्लिप्तता र त्यागमा पुग्छ, जसले भित्री रोगहरूको कारण बनेका वस्तुहरूप्रति मोह घटाउँछ। आन्तरिक अवलोकन र त्याग
बाहिरी जलवायु सुधारको आधार बन्छ। यी दुई सधैं परस्परमा जोडिएका हुन्छन्।
आत्मज्ञान र मनुष्यको चेतना उथ्थान आवश्यक छ:-
त्यसैले, बढदो जनसंख्या वृद्धि जलवायु परिवर्तनको सबैभन्दा ठूलो योगदानकर्तामध्ये एक हो।
एक वच्चा जन्माउदा लगभग ६० टन CO2 उत्सर्जन हुन्छ। अहिलेको सबैभन्दा दुष्प्रचार जलवायु परिवर्तन प्राकृतिक घटना नभएर यो यो बढ्दो भोगवादको नतिजा हो भनेर निम्नलिखित तथ्यलाई हेर्न सकिन्छ।मानव निर्मित जलवायु परिवर्तनको तुलनामा प्राकृतिक जलवायु परिवर्तन किन कम समस्याजनक छ भन्ने सवाललाई बुझ्न, मुख्य कुरा यसको गतिको विषयमा हो। प्राकृतिक जलवायु परिवर्तन धेरै बिस्तारै हुन्छ, जसले वातावरण र कृषि प्रणालीलाई परिवर्तनसँग अनुकूल हुन समय लाग्छ। तर अहिले देखिएको जलवायु परिवर्तनको गति यति धेरै तेज छ कि जसले मानवीय सभ्यताको लागि गम्भीर चुनौती सिर्जना गरिसकेको छ।
मानव सभ्यताको विकास पछिल्लो १०-१२ हजार वर्षको स्थिर जलवायुमा भयो, जुन हामीले कृषि आविष्कार गरेर जीवनशैलीलाई सुधार्न उपयोग गर्यौं। स्थिर जलवायुले नै मानव प्रगतिलाई सम्भव बनायो। त्यसैले, यो स्थिर जलवायुबाट बाहिर निस्किनु खतरनाक छ।
जलवायु परिवर्तन मात्र प्राकृतिक हो मानवीय अज्ञानता र भोगवादी दर्शन नै प्रमुख कारण हो।
प्राकृतिक जलवायु परिवर्तनको गति बिस्तारै हुन्छ:
विगतमा भएका “हिउँ युग” र “तातो युग”हरू बिस्तारै आएका थिए। तर अहिलेको जलवायु परिवर्तनको गति ऐतिहासिक प्राकृतिक परिवर्तनभन्दा धेरै छिटो छ।
कार्बन डाइअक्साइड (CO2) र तापमानको बढोत्तरी मानव गतिविधिसँग सम्बन्धित छ:-
CO2 को वृद्धि र पृथ्वीको तापमानको बढोत्तरी प्रत्यक्ष रूपमा मापन गरिएको छ। महासागरहरूको अम्लीयकरण (acidification) पनि CO2 को वृद्धिको संकेत हो।
यो सूर्यका कारण होइन:- यदि सूर्यको विकिरण बढेको भए, वायुमण्डलका सबै तहहरू तात्थे। तर, अहिले स्ट्राटोस्फियर चिसो हुँदै गएको छ। यो घटना वैज्ञानिकहरूले ग्रीनहाउस ग्यासहरू वृद्धि हुने बित्तिकै भविष्यवाणी गरेका थिए।
CO2 को स्रोत पहिचान गर्न सकिन्छ:-
CO2 का तीन प्रकारका आइसोटोप हुन्छन्: C12, C13, र C14। बिरुवाहरू C12 लाई प्राथमिकता दिन्छन्, र यो नै फोसिल इन्धनमा धेरै पाइन्छ। जब हामी फोसिल इन्धन जलाउँछौं, वायुमण्डलमा C12 को अनुपात बढ्छ।
अन्य प्राकृतिक स्रोतहरू, जस्तै ज्वालामुखी, C13 को मात्रा धेरै उत्सर्जन गर्छन्। वैज्ञानिकहरूले वायुमण्डलको आइसोटोपहरूको अनुपात अध्ययन गरेर निष्कर्ष निकालेका छन् कि हाल वायुमण्डलमा बढिरहेको CO2 मुख्यतः फोसिल इन्धन जलाउने कारण हो।
यसरी, वर्तमान जलवायु परिवर्तन प्राकृतिक होइन, भोगवादी मानव गतिविधिको प्रत्यक्ष परिणाम हो भन्ने कुरा तथ्यहरूको आधारमा प्रमाणित गर्न सकिन्छ।
जलवायु संकटका मूल कारण अज्ञानता र गलत दर्शन (flawed philosophy) , जस्तै पुजीवाद, बाज़ारवाद र बढ़दो उपभोक्तावाद हो।
जलवायु परिवर्तनलाई रोक्नका लागी आन्तरिक र वाह्य समाधानहरु:-
०१.अधिक उपभोगको जसमा मोजवाद, खुशीवाद दर्शनलाइ हटाउनुपर्छ।
अत्यधिक उपभोगले पृथ्वीका स्रोतहरूमा दबाब सिर्जना गर्छ। राम्रो जीवनको अर्थ अनिवार्य रूपमा धेरै उपभोग ( consume more ) होइन भन्ने बुझ्नुपर्छ।
०२. जनसङ्ख्या व्यवस्थापन:-
परिवार नियोजन र जनसङ्ख्या वृद्धिको प्राकृतिक स्रोतहरूमा पर्ने प्रभावबारे सचेतना फैलाउनुपर्छ। एक बच्चा जन्माउनु जलवायु परिवर्तनको
सबैभन्दा ठूलो योगदानकर्तामध्ये एक हो। जसको लगभग ६० टन CO2 उत्सर्जनसँग सम्बन्धित छ।
०३. जङ्गल र वनको संरक्षण:
वन्यजन्तुको क्षेत्रमा मानवीय हस्तक्षेप रोक्नुपर्छ। यसले कोभिड-१९ जस्ता जुनोटिक रोगहरूको जोखिम घटाउँछ।
०४. सरल र प्रकृतिसँग मेल खाने जीवनशैलीको प्रोत्साहन :
भौतिक सम्पत्तिमा अर्थपूर्ण जीवन निर्भर छैन भन्ने बुझ्ने आन्तरिक चेतना विकास गर्नुपर्छ।
वेदान्तको दृष्टिकोणमा सही समाधान:-
आचार्य प्रशान्तका अनुसार, “वेदान्त अर्थात आत्मज्ञानको प्रकाशमा अनुत्पादनवाद (antinatalism), न्यूनतावाद (minimalism), र शुद्ध शाकाहार (veganism) अभ्यास गर्नु नै यो जलवायु संकटको अन्तिम समाधान हो।”
त्यसैले आत्मज्ञान, जनसङ्ख्या व्यवस्थापन र सही सुचनाको प्रचारप्रसार नै जलवायु परिवर्तनको संकटलाई पार लगाउने महत्त्वपूर्ण कदम हुनेछन।
(लेखक शाही आचार्य प्रशांतका वेदान्तका विधार्थी हुन।)
Leave a Reply