Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

इन्टर्नमा काम गर्ने विद्यार्थीलाई निवेदन पेस गर्न काठमाडौँ महानगरको आह्वान

इन्टर्नमा काम गर्ने विद्यार्थीलाई निवेदन पेस गर्न काठमाडौँ महानगरको आह्वान

सोमवार , पौष ८, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न भनेको छ ।

महानगरले सोमबार सूचना जारी गर्दै न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्नका लागि निवेदन पेस गर्न भनेको हो ।

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयहरूमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानुनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्नका लागि निवेदन पेस गर्न भनिएको छ ।

कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) इच्छुक विद्यार्थीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न महानगरले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077