Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 75
    SHARES

    काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    जसको प्रभावले अहिले देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका केही भूभागमा हुस्सु लागेको छ ।



    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।



    कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    यस्तै, आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थनमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार