Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

आइतवार , पौष ७, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा धनेश्वर नेपाल र पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा वेदराज केसी , कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा.डा. शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका हुन् ।

दुवै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज रिक्त उपकुलपतिमा नेपाल र केसीलाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ ज्योतिष विभागका अध्यक्ष रहेका प्राडा नेपालले यसअघि विश्वविद्यालयका परीक्षा नियन्त्रक भएरसमेत काम गरिसकेका छन्।

उनले नेपाल प्राध्यापक सङ्घ, नेपाल संस्कृत विश्वविद्यालयको महासचिव रहेर पनि काम गरिसकेका छन्।

यसैगरी केसी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्ष छन् । त्यस्तै थपलियाले यसअघि विश्वविद्यालयको निमित्त उपकुलपति र रजिष्टारको रुपमा काम गरिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077