Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

आइतवार , पौष ७, २०८१

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ। जसको प्रभावले आज देशभरका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ।

आइतबार बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा आंशिक बदली रही राति हिमपातको सम्भावना रहेको छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र तराईमा कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077