Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टिकटक बनाउने क्रममा नर्स र विद्यार्थीको मृत्यु

टिकटक बनाउने क्रममा नर्स र विद्यार्थीको मृत्यु

शनिवार , पौष ६, २०८१

तेह्रथुम । टिकटक बनाउने क्रममा दहमा डुबेर शिक्षिका नर्स र विद्यार्थीको मृत्यु भएको छ ।

तेह्रथुमको मेन्छेयायेम गाउँपालिका ५ स्थित गौखुरी माविकी नर्स २४ वर्षिया रविना राजवंशी र विद्यार्थी १४ वर्षिया सुस्मिता भट्टराईको शनिबार दिउँसो मृत्यु भएको हो।

शनिबार उनीहरू विद्यालयबाट स्थानीय हाइड्रोपावरमा घुम्न गएका थिए ।

उनीहरूमध्ये राजवंशी र भट्टराई टिकटक बनाउनतर्फ खोलातर्फ गएका थिए। त्यही क्रममा चिप्लिएर उनीहरू डुबेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077