Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिमका आर्थिक राज्यमन्त्री बम सवारी गाडी दुर्घटना

सुदूरपश्चिमका आर्थिक राज्यमन्त्री बम सवारी गाडी दुर्घटना

शनिवार , पौष ६, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम सवार गाडी दुर्घटना भएको छ ।

भारतको पलियाबाट धनगढी फर्किने क्रममा उनी सवार गाडी अर्को गाडीमा ठोकिँएर दुर्घटना भएको हो ।

राज्यमन्त्री बमको परिवार स्रोतका अनुसार भारतको पलियाबाट फर्किने क्रममा उनी सवार गाडी दुधुवा टाइगर रिजर्भ क्षेत्रमा अर्को गाडीमा ठोकिएको हो ।

दुर्घटनामा राज्यमन्त्री बम दम्पती घाइते भएको बताइएको छ । उनीहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077