Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • दरबारमार्गमा काभ्रेली समूहबाट गृहमन्त्रीका ‘भाञ्जा’ कुटिए

    दरबारमार्गमा काभ्रेली समूहबाट गृहमन्त्रीका ‘भाञ्जा’ कुटिए

    अनलाइन नेपाल
  • शनिबार, ६ पुष २०८१
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडौंको दरबारमार्गमा शुक्रबार बेलुका एक क्लवमा कुटाकुट भएको छ । काभ्रेली समूह र अर्को समूहबीच कुटाकुट भएको हो ।

    गुन्डागर्दीमा कहलिँदै आएका संजीव लामा ‘स्याल’ले सञ्चालन गरेको लिक्विड लाउञ्जमा काभ्रेली समूहको कुटाईबाट बैतडीका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखक निकट हुन् । लेखकलाई भट्टले मामा भन्ने गर्दछन् ।



    गम्भीर चोट लागेकाले उनी अस्पताल भर्ना भएका छन् । राती अबेरसम्म मदिरा पिएर बसेपछि उनीहरूबीच झगडा भएको थियो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले काभ्रेली समूहका ८ जनालाई पक्राउ गरेको छ ।



    पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका-४ का कुलध्वज लामा, भुम्लु गाउँपालिका-४ का सुजन तामाङ, तेमाल गाउँपालिका-७ का मिलन लामा, भुम्लु गाउँपालिकाका सुलभ पहरी, तेमाल गाउँपालिका-५ का का युवराज लामा, सिन्धुपाल्चोक जुगल घर भएका दावा तामाङ, मोरङको उर्लाबारी नगरपालिका-७ का डम्बर बहादुर कार्की र काभ्रेको तेमाल गाउँपालिका-५ का शक्ति लामा रहेका छन् ।

    प्रहरीका अनुसार कुलध्वज तरुण दलका केन्द्रिय सदस्य हुन् । उनीविरुद्ध २०६९ सालमा वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो भने २०७२ सालमा डाँका चोरी मुद्धामा ११ महिना धुलिखेल कारागारमा बसेका थिए ।

    यस्तै उनीहरुमध्ये सुजन तरुण दल काभ्रेका अध्यक्ष हुन् । उनीविरुद्ध पनि ललितपुर परिसरबाट ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको थियो ।

    पक्राउ परेका सबै नेपाली कांग्रेसमा आबद्ध छन् । लाउञ्जका सञ्चालक संजीव स्याललाई भने प्रहरीले पक्राउ गरेको छैन । दुवैथरी नेपाली कांग्रेस निकट भएकाले दुवै पक्षले गृहमन्त्रीलाई दबाब दिइरहेका छन् ।

    पक्राउ परेकालाई दरबारमार्ग वृत्तमा नराखी काठमाडौं परिसरले नै अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकामध्ये धेरै जसो गुण्डागर्दीमा संलग्न रहँदै आएका छन्।

    हेर्नुहोस् भिडियो :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार