Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भारतीय अभिनेता अब्राहमले मन्त्री पाण्डेलाई पत्र लेख्दै भने - चितवनको हात्ती प्रतियोगिता रोक्नू

भारतीय अभिनेता अब्राहमले मन्त्री पाण्डेलाई पत्र लेख्दै भने - चितवनको हात्ती प्रतियोगिता रोक्नू

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । चर्चित भारतीय फिल्म अभिनेता जोन अब्राहमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई पत्र लेखेका छन् ।

चितवनमा हुने हात्ती प्रतियोगिता रोक्न भन्दै अभिनेता जोनले मन्त्री पाण्डेलाई पत्र लेखेका हुन् ।

महोत्सवको क्रममा हात्तीलाई कुटपिट गर्ने गरिएको, दौडन, सवारीमा प्रयोग गर्न र पोलो र फुटबल खेल्न बाध्य पारिएको अभिनेता अब्राहमले पत्रमा उल्लेख गरेका छन् ।

महोत्सवमा हात्तीलाई कुटेर रगताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077