पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ अलकत्रे डाँडामा माइक्रोबस र ट्रक एक आपसमा ठोक्किँएका छन् ।
बर्दघाटबाट बुटवल जाँदै गरेको लु १ ख ९४६७ नम्बरको माइक्रोबस र सुदूरपश्चिम प्रदेश ०१-००१ ख २४४२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छ्न् । प्रहरीका अनुसार साइकल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको माइक्रोबस ट्रकसँग ठक्कर खाएको थियो ।
घाइतेमध्ये ६ जना गम्भीर रहेको र उपचारका लागि रुपन्देहीको भलुही भलुही मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।