Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अछामको चौरपाटीमा महिनावारी मैत्री शौचालय, बालमैत्री खानेपानी धारा र विद्यालय भवन हस्तान्तरण

अछामको चौरपाटीमा महिनावारी मैत्री शौचालय, बालमैत्री खानेपानी धारा र विद्यालय भवन हस्तान्तरण

शुक्रवार , पौष ५, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकामा विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण गरिएको छ ।

चौरपाटी गाउँपालिका, गुड नेवर्स इन्टरनेशनल नेपाल र मालिका विकास संघ नेपालको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत निर्माण गरिएका विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण गरिएको हो ।

चौरपाटी गाउँपालिकामा वडा नम्बर २ स्थित श्री दशपल्ले माध्यमिक विद्यालयलाई नवनिर्मित महिनावारी मैत्री शौचालय र बाल मैत्री खानेपानी धारा हस्तान्तरण गरिएको छ ।

शुक्रबार एक भव्य कार्यक्रमकाबीच चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्का, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, मालिका विकास संघ नेपालका अध्यक्ष श्री हिम बहादुर विश्वकर्मा, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्माले संयुक्त रूपमा शौचालय र खानेपानी धारा हस्तान्तरण गरेका हुन् ।

शौचालय र खानेपानी धारा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर साउँदलाई हस्तान्तरण गरिएको गरिएको छ । महिनावारी मैत्री शौचालय १६ लाख १५ हजार ३८ रुपैयाँ बजेटमा निर्माण भएको हो ।

जसमा गाउँपालिकाको एक लाख ९४ हजार ९७५, गुड नेवर्स इन्टरनेशनल नेपालको १३ लाख ८९ हजार ५७५ रुपैयाँ आर्थिक सहयोग रहेको छ भने ७० हजार ४८४ रुपैयाँ बराबरको समुदायको पनि योग दान रहेको छ ।

यसैगरी, बाल मैत्री खानेपानी धारा एक लाख ३६ हजार ५४० रुपैयाँमा बनेको हो । जसमा गाउँपालिकाको ४७ हजार १९३ र गुड नेवर्स इन्टरनेशनल नेपालको ७८ हजार ४२४ रुपैयाँ लगानी रहेको छ भने १० हजार ९२३ रुपैयाँ बराबर समुदायको पनि योगदान रेहको छ ।

यस्तै शुक्रबार नै वडा नम्बर १ स्थित मष्टाबण्डाली आधारभूत विद्यालयलाई पनि नवनिर्मित दुई कोठे भवन उद्घाटन गरी हस्तान्तरण गरिएको छ । सो भवनको गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्काले उद्घाटन गरेकी थिइन् ।

सो भवन ३८ लाख ३९ हजार ६६२ रुपैयाँको लागतमा बनेको हो । जसमा गाउँपालिकाको २१ लाख ३४ हजार ०७८ र गुड नेवर्स इन्टरनेशनल नेपालको ११ लाख ४९ हजार ०७८ रुपैयाँ लगानी रहेको छ भने ५ लाख ५६ हजार ९१० रुपैयाँ बराबर समुदायको पनि योगदान रहको छ ।

नवनिर्मित विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

सो कार्यक्रममा मालिका विकास संघ नेपालका अध्यक्ष हिम बहादुर विश्वकर्माले विद्यालयमा अध्ययनरत बालबालिकाहरूको शैक्षिक गुणस्तरमा सुधारका लागि मालिका विकास संघ नेपालले गाउँपालिकाको सहकार्य, समन्वयमा काम गर्दै आएको जानकारी गराए । साथै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।

यस्तै, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्माले गाउँपालिकाको सहकार्य तथा समन्वय, गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा साझेदारी संस्था मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत विद्यालयमा गुणस्तरीय शिक्षा विकास गर्ने उद्देश्यका शौचालय, विद्यालय भवन ता बालमैत्री खानेपानी को धारा निर्माण गरिएको बताए । उनले अब विद्यालयहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने विश्वास गरे ।

यसैगरी, गाउँपालिकाका उपाध्यक्ष खड्काले शैक्षिक क्षेत्रको विकासमा परियोजनाले चौरपाटी गाउँपालिकामा राम्रो काम गर्दै आएको भन्दै प्रशंसा गरिन् । उनले मालिका विकास संघ नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपालसँग आगामी दिनमा पालिकाको तर्फबाट सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालय भवन, महिनावारी मैत्री शौचालय र बालमैत्री खानेपानी धारा हस्तान्तरण कार्यक्रममा चौरपाटी गाउँपालिकाका सर देवी खड्का, चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा, मालिका विकास संघ नेपालका अध्यक्ष हिम बहादुर विश्वकर्मा, गुड नेवर्स इन्टरनेशनल नेपालका क्लष्टर संयोजक तेज प्रसाद शर्मा र मालिका विकास संघ नेपालका उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावलको सहभागिता रहेको थियो ।

यसैगरी, चौरपाटी गाउँपालिकाको योजना शाखा प्रमुख, शिक्षा शाखा प्रतिनिधि लगायत विभिन्न शाखाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077