Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

शुक्रवार , पौष ५, २०८१

दाङ । दाङको घोराहीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० का ४४ वर्षीय दिलिप केसी रहेका छन् । दुर्घटनामा घाइते केसीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार ११ यात्रु घाइते भएका छन् ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका १०, गुर्जे खोलानजिक ठोक्किएका थिए ।

बस चालक घोराही-१८, फुर्सेखालीका ५३ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077