Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

महिला यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

महिला यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । एसीसी महिला यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ।

११ ओभरमा छुट्याइएको खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको हो।

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले १ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका लागि फहोमिडा चोयाले सर्वाधित २६ रन बनाइन्।

त्यस्तै सुमैयाले १० रन बनाइन् भने इभाले १८ रन बनाइन्। यसअघि नेपालका लागि साबित्री धामीले सर्वाधिक ११ रन बनाइन्।

त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077