Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लोडसेडिङ हुँदा खुसी हुने जमात बढ्दै गएको छ : कुलमान घिसिङ

लोडसेडिङ हुँदा खुसी हुने जमात बढ्दै गएको छ : कुलमान घिसिङ

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्याका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपरेको बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारणले उद्योगहरूमा विद्युत कटौती गरेको बताएका हुन्।

उनले केही प्रसारण लाइनहरू मर्मत गर्नुपर्ने भएका कारण उद्योगहरूमा विद्युत आपूर्ति बन्द गर्नुपरेको स्पष्ट पारे। उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत कटौती गर्नुपर्ने बाध्य रहेको बताए।

बिहान र बेलुकाको पिक आवरमा मात्रै बिजुली कटौती गरिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ। उनले अप्पर तामाकोशीमा गत असोजमा आएको बाढीले क्षति पुर्‍याउँदा र कालीगण्डकी प्रोजेक्टको एउटा युनिट बन्द हुँदा विद्युत आपूर्तिमा समस्या आएको बताए।

अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत प्रवाह भएपछि लोडसेडिङको समस्या समाधान हुने दावी गरे। लोडसेडिङ हुँदा रमाउने जमात बढेको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।

लोडसेडिङ हुँदा खुसी हुनेहरूले नै लोडसेडिङको हल्ला फैलाएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077