Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

टीयू क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानको काम निर्धारित समयमै सक्छौं : प्रधानमन्त्री ओली

टीयू क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानको काम निर्धारित समयमै सक्छौं : प्रधानमन्त्री ओली

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीयू क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणको काम निर्धारित समयमै सक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक संञ्जाल फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । आज बोलपत्र आह्वान भएपछि तीन सिफ्टमा फटाफट काम गरेर निर्धारित समयमै निर्माणको काम सम्पन्न गर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले लेखेका छन्,‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो । क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं । यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गर्‍यौं । त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो ।’

जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको प्रधानमन्त्री ओलीको भनाई छ ।

जग्गा प्राप्तिलगायतका प्रक्रियाले प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ भएको बताए ।

प्रधानमन्त्री ओलीले काम छिटो सक्न र आवश्यक सुझाव तथा खबरदारी गर्न सबैलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077