काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराई र उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा असर पुर्याउन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ । शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो ।
तर आज बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको बताइएको छ ।