Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पोखराविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित, सुदूरपश्चिम प्लेअफमा

पोखराविरुद्ध सुदूरपश्चिमको रोमाञ्चक जित, सुदूरपश्चिम प्लेअफमा

आइतवार , मंसिर ३०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफमा पुगेको छ।

टियु क्रिकेट मैदानमा पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफ स्थान सुरक्षित गरेको हो। सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि स्कट केग्गेलिनले सर्वाधिक ५ विकेट लिए। हर्मप्रित सिंहले ३ विकेट लिँदा सैफ जैबले १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरको खेलमा ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो।

अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ। १० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ।

८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

कर्णालीले ठूलो अन्तरले पराजय भोगेको अवस्थामा काठमाडौं गुर्खाज प्लेअफमा पुग्नेछ। शीर्ष चारमा रहेका टोली मध्ये शीर्ष दुईले पहिलो क्वालिफायर खेल्नेछन्। जित्ने टोलीले फाइनल पुग्नेछ भने हार्ने टोलीलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077