Online Nepal
  • बुधबार, २ माघ २०८१
  • सुदूरपश्चिमले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

    सुदूरपश्चिमले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३० मंसिर २०८१
  • 186
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सले १५४ रनको लक्ष्य दिएको छ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोडेको हो।



    सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे। उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए।

    सइफलाई दोस्रो ओभरमा पोखराका रेमन्ड रेइफरले बोल्ड गरे। भण्डारी सातौं ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच भए। भण्डारी आउट भएकै ओभरमा ब्रान्डन माक्मलेन पनि २३ रनमा आउट भए। उ

    नलाई भुर्तेलले सागर ढकालबाट क्याच गराए। दशौं ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदिप अर्यालबाट क्याच गराए।

    सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाएर खेलिरहदा सागर ढकालको एलबिडब्लूको धरापमा परे। उनले १६ बलमा १ छक्का प्रहार गरे।

    सुदूरपश्चिमले १९औं ओभरको पहिलो बलमा इशान पाण्डेलाई १० रनमा रिटायर्ड आउट गराउँदै स्कट कुगेलेइनलाई ब्याटिङमा लगेको थियो।

    तर उनी अन्तिम ओभरको तेस्रो बलमा दुई रनमा रनआउट भए।

    बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १/१ विकेट लिए। पोखरा अन्तिम खेलअघि नै बाहिरिसकेको छ। आजको खेलमा जित निकाले सुदूरपश्चिम प्लेअफ पक्का हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार