Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

    विराटनगरले काठमान्डुलाई दियो ११८ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, ३० मंसिर २०८१
  • 126
    SHARES

    काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    टस हारेर ब्याटिङ गरेको विराटनगर १ बल अगावै ११७ रनमा अलआउट भएको हो। विराटनगरका लागि ओपनर लोकेश बम ८ रनमा आउट भए भने दीपक बोहरा २० रन जोड्न सके।



    निकोलास किर्टोन १२ रनमै पेभिलियन फर्कदा स्टक इडवार्डले १५ रन र बसिर अहमदले १३ रन जोड्न सके। इस्माल अलाम ५ रन, क्रिस सोल १ रन र कप्तान सन्दीप लामिछाने शून्यमा आउट भए।



    राजेश पुलामी मगरले अन्तिम ओभरको तेस्रो बलमा आउट हुनुअघि २५ रन बनाए। उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे।

    बलिङमा काठमान्डुका गेरार्ल्ड इरासमसले ३ विकेट लिए भने दिपेश कँडेलले २ विकेट लिन सफल भए।

    विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ भने काठमान्डुलाई प्लेअफ पुग्न आजको खेलमा जित निकाल्ने पर्न दबाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार