Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

आइतवार , मंसिर ३०, २०८१

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक जोरपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जगातीबाट सांगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामेछाप दोरम्बा गाउँपालिका ४ घर भई नलिन्चोक बस्ने निमबहादुर मगरको मृत्यु भएको हो ।

दुर्घटनापछि उपचारका लागि घाइते उनलाई मध्यपुर अस्पताल भक्तपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक काभ्रेको बनेपा नगरपालिका वडा नं ६ बस्ने वर्ष ४४ को जितेन्द्र श्रेष्ठलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077