Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

    पत्रकार महासंघ सुदूरपश्चिमको अध्यक्षमा शाह र महासचिवमा भट्ट निर्वाचित

    अनलाइन नेपाल
  • आइतबार, ३० मंसिर २०८१
  • 183
    SHARES

    कैलाली । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा भरतबहादुर शाह प्यानलसहित विजयी भएका छन् ।

    महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट शाह नेतृत्वको नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल विजयी भएको हो ।



    शाहले चार सय ३७ मतसहित विजयी हुँदा उनका प्रतिद्धन्द्धी मिनबहादुर बमले एक सय ९२ मत प्राप्त गरेका छन् ।



    यस्तै उपाध्यक्षमा मानबहादुर साउद, उपाध्यक्ष (महिला) मा हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट, सचिवमा धनराज साउद, सचिव (समावेशी) मा ईन्द्राकुमारी के.सी, कोषाध्यक्षमा बरुण पनेरु विजयी भएका हुन् ।

    यस्तै खुला सदस्यमा अर्जुनबहादुर, केशवदत्त भट्ट, कृतबहादुर बिष्ट, दिनेशबहादुर कठायत विजयी भएका छन् ।

    अन्य सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वर कुमारी शाही, सन्तोषी रावल, प्रदिप मलासी, छविलाल चौधरी, सागर कुश्मी, भीमबहादुर चौधरी र नहकुल जिसी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार