Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कुशलको अर्धशतकमा चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

कुशलको अर्धशतकमा चितवनले दियो जनकपुरलाई १८१ रनको लक्ष्य

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको विशाल लक्ष्य दिएको छ ।

चितवनका कप्तान कुशल मल्लको अर्धशतकमा चितवनले कर्णालीलाई १८१ रनको लक्ष्य दिएको हो ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाएर १८० रन बनायो ।

चितवनका लागि कप्तान मल्लले आक्रामक ब्याटिङ गरे। उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे।

त्यस्तै रवि बोपारा ४४ रन बनाए। ३२ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै हसन इसाखिलले २८ रन र सन्तोष कार्कीले १४ रन बनाए। विपिन रावल ३ रनमा आउट भए भने बसिल हमिद १ रन र सोहिल तनवीर ५ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजबंशीले २ र हर्ष ठाकेर, शेर मल्ल र जेम्स निसमले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077