Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : सञ्चारमन्त्री गुरुङ

राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : सञ्चारमन्त्री गुरुङ

शनिवार , मंसिर २९, २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिक साधारण सभामा बोल्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताए

। सञ्चारमन्त्री गुरुङले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए ।

उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077